अब साउदीमा विदेशी कामदारले रोजगारदाताको अनुमतिबिनै जागिर छाड्न पाउने

साउदी अरबले आज आइतबारदेखि लागू हुने गरी आफ्नो देशमा विदेशी कामदारहरुका लागि सहज हुने गरी ‘काफला स्पोन्सरसिप सिस्टम’ लागू गरेको छ।

साउदी अबरले गत वर्ष नोम्बरमा काफला प्रणाली लागू गर्ने निर्णय गरेको थियो। सोही प्रणाली आजदेखि साउदी अरबले लागू गरेको हो।

यो प्रणाली लागू भएसँगै अब साउदी अरबमा काम गर्ने विदेशी मजदुरहरुको जागिरमा व्यक्ति वा कम्पनीको नियन्त्रण कम हुनेछ।
अब निजी क्षेत्रमा काम गर्ने मजदुरहरुले आफ्नो रोजगारदाता कम्पनीको अनुमति बिनै जागिर परिवर्तन गर्न र देश छाडेर जान सक्नेछन्।

साउदी अबरले पनि आफ्नो देशमा काम गर्न आउने विदेशी मजदुरको क्षमता अभिवृद्धि गर्न र काम गर्ने माहौल राम्रो बनाउन यो प्रणाली लागू गरेको जनाएको छ। केही मानवअधिकारकर्मीहरुले साउदी अरबले लागू गरेको यो प्रणालीको स्वागत गरेका छन्।

साउदी अबरको मानव संसाधन मन्त्रालयले काफला प्रणालीमा गरिएको बदलाव निजी क्षेत्रमा काम गर्ने सबै मजदुरका लागि लागू हुने जनाएको छ। यो प्रणालीबमोजिम अब विदेशी कामदाहरुले आफैँ सरकारी सेवाहरुका लागि आवेदन दिन पनि सक्नेछन्।

हाल साउदी अरबमा १ करोडभन्दा बढी विदेशी कामदार रहेका छन्। – एजेन्सी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.