आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारेबार भईरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.