आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय मूल्यले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.