आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.