एकहप्ताको अन्तरालमा २ कम्पनीका आइपीओ आउँदै, कति दिने आवेदन ?

एक हप्ताको अन्तरालमा २ कम्पनीका आइपीओ आउन लागेको छ । यही पुस २४ गते शुक्रबार र आगामी साताको माघ २ गते शुक्रबार क्रमशः चन्द्रागिरी हिल्स र नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ निष्कासन हुने भएको हो ।

चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि यही शुक्रबारदेखि १५ करोड ३४ लाख ९ हजार कित्ता १०० रुपैयाँ प्रति कित्ताका दरले निष्कासन गर्दैछ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ लाख ९ हजार कित्ता निष्कासन गर्नेछ, जसमा ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर म्युचुअल फण्डका लागि बाँडफाँड गरिएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीले चुक्तापूँजीको १२ प्रतिशत अर्थात् १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्कासन हुने भएकोमा आयोजना प्रभावित बासिन्दाका लागि कम्पनीले ३ लाख ६ हजार ८१९ कित्ता बाँडफाँडसमेत गरिसकेको छ । अब सर्वसाधारणका लागि कम्पनीले चुक्तापूँजीको १० प्रतिशतले हुन आउने रकमबराबरको आइपीओ आउने भएको हो ।

लगानीकर्ताले यो कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पुस २४ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको यो आइपीओको निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलामा माघ ९ गते बैंकिग समयपछि हुनेछ ।

हिजोआज आइपीओमा करिब १२ लाख आवेदकले भर्ने गरेको र १३ लाख कित्ताका लागि तथ्यांकलाई अनुमान गर्ने हो भने यो कम्पनीको सेयर बाँडफाँड लक्की ड्रबाट हुने भएकाले १० कित्ता अर्थात् १ हजार मात्रै लगानी गर्दा बेस हुनेछ।

यसैबीच, आगामी साताको माघ २ गते शुक्रबारकै दिन हालसम्मकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आइपीओ निश्कासन हुने भएको छ ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलकाअनुसार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड रहेको छ ।

यो बैंकको आइपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्नेछ ।

नेपाल इन्फ्रास्टक्चर बैंकको निष्कासन हुने ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता रु. १०० का दरले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्रीप्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

सबैभन्दा ठूलो आकारको आइपीओ भएकाले पनि यसमा सबै आवेदकले सेयर पाउने अधिक सम्भावना छ । एक अध्ययनअनुसार धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ । यसकारण न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने देखिन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.