कर्णाली डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का राख्न सेबोनको निर्देशन

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई कर्णाली विकास बैंकको सेयर रोक्का राख्दै अध्ययन प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्स्चेन्जलाई पत्राचार गरेको छ ।

समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकको जिम्मा आफैँले लिएको छ । त्यसपछि आज, बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंकको मिति २०८१-०९-१० पत्र संख्या वि. सं. सु-वि र २०८१/८२ को पत्रानुसार सूचीकृत संगठित संस्था कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरिएको तथा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएकोले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मको लागि तत्काल उक्त सूचिकृत संगठित संस्थाको धितोपत्र कारोवार स्थगन गरी, यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न नेप्सेलाई पत्राचार गरिएको छ’ सेबोनका प्रवक्ता रिनञ्जय घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.