कास्कीबाट लागूऔषध सहित एक युवा पक्राउ

कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे कदममार्गस्थित खाजा घरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाजा घर सञ्चालक धादिङको गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन छन् ।

आरोपीको साथबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खाजा घरमा लागुऔषध बिक्री भइरहेको सुराकको आधरामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले त्यहाँ सर्च गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.