कुलोको विषयमा विवाद हुँदा ६८ वर्षीय वृद्धको हत्या

काठमाडौँ– कपिलवस्तु जिल्लामा कुलोको विषयमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको महाराजगन्ज नगरपालिका–२ पडरीयामा कुलोको विषयमा आज दिउँसो भएको कुटपिटबाट अब्दुल जब्बारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय ६३ वर्षीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षीय सम्साद मुसलमानले ६८ वर्षीय जब्बारमाथि कुटपिट गरेका थिए । कुटपिटबाट जब्बारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाबुछोराले कुटपिट गर्दा घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कुटपिट गर्ने बाबुछोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.