वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर घट्दा ग्लोबल आईएमई बैंकको कोषको लागत घटेको छ । सस्तो ब्याजदरमा सहज फण्ड उपलब्ध हुँदा व्यवसायमा वृद्धि र ब्याज खर्चमा समेत कमी आउँदा लघुवित्तको नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ११ करोड ८३ लाख ४० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १४७.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ४ करोड ७८ लाख १ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
कर्जा लगानीमा भएको वृद्धिसँगै लघुवित्तको खुद ब्याज आम्दानी बढेको छ । गत असार मसान्तमा ८ अर्ब ५० करोड रहेको लघुवित्तको कर्जा लगानी पुस मसान्तमा आउँदा ९ अर्ब ४३ करोड पुगेको छ ।
त्यससँगै खुद ब्याज आम्दानी पनि गत आवको दोस्रो त्रैमासमा २८ करोड ६४ लाख रहेकोमा चालु आवको सोही अवधिमा ३५ करोड ७ लाख रुपैयाँ पुगेको छ । आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थाको लागि भएको प्रोभिजन घटेसँगै लघुवित्तको नाफा बढेको हो ।
कर्जा नोक्सानी व्यवस्थाको लागि गत आवमा १० करोड ५९ लाख छुट्याएको लद्धुवित्तले चालु आवमा २ करोड ७६ लाख मात्रै छुट्याएको छ । लघुवित्तले ग्राहकको निक्षेप बढाएर ३ खर्ब ७ करोडबाट ३ अर्ब ३१ करोड पुर्याउँदा बैंकहरुबाट लिएको सापटी ४ अर्ब ४० करोडबाट ४ अर्ब ९३ करोड पुगेको हो ।
वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर घट्दै जाँदा लघुवित्तको कोषको लागत पनि घटेर ८ प्रतिशत भन्दा तल झरेको छ । गत आवको दोस्रो त्रैमासमा ८.४० प्रतिशत रहेको कोषको लागत चालु आवको सोही अवधिमा ७.८६ प्रतिशतमा आएको हो ।
६१ करोड ८९ लाख रुपैयाँ चुक्तापूँजी रहेको लघुवित्तको सञ्चित तथा जगेडा कोषमा ६२ करोड १३ लाख रुपैयाँ रहेको छ । लघुवित्तको वितरणयोग्य नाफा ८ करोड ७५ लाख रहेको छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ३०.७३ गुणा, प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा रहेको छ । निष्कृय कर्जा अनुपात ४.२१ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको छ ।