गोल्यान ग्रुपले तयार पारेको ह्यात प्लेस कात्तिक २७ गतेदेखि सञ्चालनमा,लागत ५ अर्ब

गोल्यान ग्रुपले तयार पारेको पाँच तारे होटल कात्तिक २७ गतेबाट सञ्चालनमा आएको छ । कोभिडका कारण सञ्चालन मिति सर्दै आएको सो होटलले सनिबार औपचारिक कार्यक्रम गरी होटल पूर्ण रुपमा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

काठमाडौैंको सोल्टीमोडमा अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्लेस सञ्चालनमा आएको हो । साढे १० रोपनी क्षेत्रफलमा निर्माण भएको सो होटल १४ तलाको रहेको छ । १५३ वटा कोठा रहेको सो होटलको लागत सुरुमा ३ अर्ब १४ करोडको लागतमा बनाएपनि निर्माण अवधि लम्बिएसँगै लगानी पनि बढेको बताइएको छ ।

‘लक्जरी तथा बिजनेस क्याटेगोरी’ सबैलाई मिल्ने गरी कोठाहरूको इन्टेरियर डिजाइन भएको छ । होटलमा पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट निर्माण गरिएको छ ।

होटलमा स्वीमिङपुल, स्पा, जिम, ब्यांकेट हल, मिटिङरुमहरु छन ।ह्यात ब्रान्डको नेपालमा दोस्रो होटल हो । यसअघि नै ह्यात रिजेन्सी होटल काठमाडौंमा सञ्चालित छ ।

पाँच तारे होटलको भिडमा पृथक सेवा र सुविधा दिने उद्धेश्य आफुहरुले राखेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । होटल सञ्चालन भएपछि कोभिडले थलिएको पर्यटन क्षेत्रमा नयाँ आयाम दिने उनको विश्वास छ ।

सिटि होटल प्रालि अन्र्तगत सञ्चालनमा आएको सो होटलले विदेशी पर्यटकहरुसँगै आन्तरिक पर्यटकहरुलाई स्तरीय सेवा दिने अध्यक्ष शक्ति गोल्यानको भनाई छ ।

कोभिडले होटलहरु बन्द भइरहेको बेला गोल्यान ग्रुपले पाँच तारे होटल सञ्चालनमा ल्याएसँगै पर्यटन क्षेत्रमा नयाँ उर्जा थपिएको विश्वास पर्यटन व्यवसायीहरुको छ ।

होटलमा गोल्यान ग्रुप सहित उद्योगी कमलेश अग्रवाल लगायतका अन्य लगानीकर्ताहरुको पनि लगानी रहेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.