काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।
अघिल्लो कारोबार दिन १ लाख ५० हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।