छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई बर्खास्त गर्न विद्यालय सहमत

काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई बर्खास्त गर्न विद्यालय प्रशासन सहमत भएको छ । बुधवार विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकको बिचमा शिक्षक बर्खास्तीसहित ५ बुँदे सहमति भएको हो ।

भदौ १३ मा कक्षा १० मा अध्ययनरत छात्रालाई यौनजन्य म्यासेज पठाएको र दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले भक्तपुरको बालकोट बस्दै आएका ३० वर्षीय शिक्षक सरोज भट्टराइलाई पक्राउ गरेको छन् । भट्टराईलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद लिएर हिरासतमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

विद्यालय प्रशासन र विद्यार्थीको बीचमा पीडित छात्राको तर्फबाट कानुनी प्रक्रिया अघि बढाउने र विद्यालयको तर्फबाट सहयोग गर्ने सहमति भएको छ । त्यस्तै सहज पठन–पाठनको व्यवस्था मिलाउने, शैक्षिक गतिविधिमा पूर्वाग्रह नगर्ने र विद्यार्थीको तर्फबाट पठन–पाठन सहज बनाउन भूमिका खेल्ने सहमति भएको एकजना शिक्षकले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.