ट्रम्पको असहमतिका बावजुद नाइजेरियाकी ओकोन्जो डब्लुटिओको नेतृत्व गर्दै, बाइडेनको साथ

लामो समयदेखिको अन्योल अन्त्य गर्दै जो बाइडेन प्रशासनले विश्व व्यापार संगठन डब्लुटिओको प्रमुखका लागि नाइजेरियाकी पूर्व अर्थमन्त्री डा. ओकोन्जो  वियलालाई बलियो समर्थन जनाएको छ।

अमेरिकाले समर्थन जनाएपछि डा. ओकोन्जोलाई डब्लुटिओ हाँक्ने पहिलो महिला तथा पहिलो अफ्रिकनका रुपमा नेतृत्वकर्ता बन्ने बाटोसमेत खुलेको छ। 

ट्रम्प प्रशासनले असहमति जनाउँदै आएकी नाइजेरियाकी पूर्व अर्थमन्त्री ओकोन्जु वियलालाई हाल बाइडेन प्रशासनले समर्थन गरेको हो।

ट्रम्प प्रशासनले दक्षिण कोरियाकी यू युङ हिलाई अघि सारेको थियो। तर अब युले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी छन्।

डब्लुटिओको सिफारिस समितिले गत अक्टोबरमा आफ्नो १ सय ६४ सदस्यहरुलाई डाक्टर ओकोन्जो वियलालाई नयाँ प्रमखु नियुक्त गर्न सिफारिस गरेको थियो।

हालका अध्यक्ष रोबर्टो एजेभेडोको समयावधि सकिएपछि ओकोन्जोलाई उनको उत्तराधिकारीका लागि प्रस्ताव गरिएको थियो। तर अमेरिका बाहेक अन्य सबैले उनको सिफारिसलाई सहमति जनाएको बताइएको थियो।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुटिओको आलोचना गर्दै चीनमुखी भएको बताउँदै आएका थिए। उनले दक्षिण कोरियाली व्यापार मन्त्री युलाई नयाँ अध्यक्षको लागि अघि सारेका थिए।

युले आफू यो दौडबाट बाहिरिएको बताउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्।  उनले अमेरिकासँगको गहन छलफलपछि आफू उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको पनि उनले बताइन।

ह्वाइट हाउसले पनि युलाई ‘बलियो क्याम्पेन’ र राम्रो नेतृत्वकर्ताको रूपमा बधाई ज्ञापन गरेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.