तीन दिनदेखि सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ ।

छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन आइतबार, सोमबार र मंगलबार (आज) पनि प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार र सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.