तोलामा १२ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० मा किनबेच भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.