त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अब ‘भी पास’ उपलब्ध नगराउने

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अब ‘भी पास’ उपलब्ध नगराउने भएको छ।

विमानस्थल कार्यालयमा आज एक सूचना प्रकाशित गर्दै कोभिड संक्रमणको जोखिमलाई दृष्टिगत गरी अति नै जरुरी अवस्थामा बाहेक भी पास उपलब्ध नगराइने जानकारी गराएको हो। विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताका कारण अतिजरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआइदिन पटकपटक विभिन्न सञ्चालमाध्यमार्फत सार्वजनिक अपिल गर्दासमेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी नआएका कारण यस्तो निर्णय लिनुपरेको विमानस्थल कार्यालयले स्पष्ट पारेको छ।

‘कोभिडका विभिन्न भेरिएन्ट उत्परिवर्तन भइरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड तीव्र रुपमा फैलिरहेको तथा त्यसको प्रभाव नेपालमा पनि देखिइरहेको छ’, सूचनामा उल्लेख छ, ‘यो अवस्थालाई दृष्टि गरी नयाँ भेरिएन्टको संक्रमणसमेतबाट आफू बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन अनुरोध गरिन्छ।’

यसकिा साथै हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरी मात्र दैनिक हवाई सेवा सुचारु गर्न सम्बद्ध सबै सरोकारवालाई विमानस्थल कार्यालय आग्रह गरेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.