थाइल्याण्ड भ्रमण प्याकेज ५६ हजार रुपैयाँमा

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्सले ५६ हजार रुपैयाँमा ५ दिन चार रातको थाइल्याण्ड टुर प्याकेज ल्याएको छ ।
सस्तो देखि महंगोसम्म टुर प्याकेज हुनेगरेपनि यो मध्यम रेट भएको कम्पनीका प्रबन्ध निर्देशक उद्धव कुमार कोइरालाले जानकारी दिए ।
‘ यो ५६ हजारको प्याकेजमा काठमाडौं एयरपोर्टबाट यात्रा गरेपछि फर्केर आएसम्म पर्छ तर ग्राहकलाई प्याकेज बाहिरको अन्य खर्च भने यात्रुले नै खर्चनुपर्छ।’ उनले भने।
यो प्याकेजमा कम्पनीले भ्रमण टोलीलाई तीनतारे होटलमा बसाउने छ र अंग्रेजी बोल्ने गाइडको व्यवस्था, प्रईभेट सवारीको व्यवस्था  गर्नेछ ।
तर यो भन्दा सस्तो प्याकेजको लागि त्यही अनुसारको  सेवा सुविधा भएको आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्सका निर्देशक पुष्पराज भण्डारीले जानकारी दिए ।
के के छ  प्याकेजमा?
भ्रमण टोली पहिलो दिन काठमाडौंबाट ब्याङ्कक पुगेपछि  रेष्टुरेन्टमा खाना खाएर त्यो दिन त्यहीको तीन तारे होटलमा बास बस्नेछ ।
दोस्रो दिन बिहान थाइल्याण्डको पुरानो राजधानी ट्याम्पल अफ डाउन जानेछ त्यहाँ घुमेपछी  त्यही दिन पटाया पुग्नेछ र त्यँहाको टाइगर जु को अवलोकन गर्नेछ । र त्यो दिन त्यहीको होटलमा बस्नेछ ।
तेस्रो दिन टोली कोरल आइल्याण्ड जानेछ त्यहा डुङ्गामा घुम्ने तथा वाटर गेमहरु खेल्नेछ । दिउसो खाजा खाएपछी पटायाको फ्लोटिङ मार्केट (डुङ्गामा भएको बजार) घुम्नेछ र बेलुकी त्यँहाको कल्चरल प्रोग्रामहरु हेर्ने छ ।
चौथो दिन टोली ब्याङ्कक जानेछ र त्यहाको सफारी वल्र्ड जानेछ । त्यहाँ तालिम प्राप्त जनावरको मज्जा लिन सकिनेछ । त्यसपछी त्यहाँको सर्पको फार्म मौरीको फार्म हेरेर होटल फर्कनेछ । र पाँचौ दिन बिहान ब्रेकफास्ट गरेर काठमाडौ फर्किने छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.