नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। प्राधिकरणका अनुसार डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको कारण यसको लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो।
प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र सरकार र प्राधिकरणको बाँकी रकम तिर्ने सिलसिलामा कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ। अन्यथा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।