निरन्तर बढ्दै सुनको मूल्य, तोलाको १ लाख ५८ हजार नजिक

पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिदबिक्री भैरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.