नेपालमा भारतबाट घटेर आयो तेलको मूल्य, तर निगमले नघटाउने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको मूल्य घटाएर पठाएपनि निगमले भने नघटाउने भएको हो । पछिल्लो तीन महिनामा निगम ठूलो नोक्सानीमा रहेकाले मूल्य समायोजनको नहुने बताइएको छ ।

बुधबार भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको छ । डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको निगमले जनाएको छ ।

अहिले वार्षिक ४० अर्ब निगमले घाटा व्यहोर्नुपर्ने बताइएको छ । अघिल्लो वर्ष तीन अर्ब कमाएको निगमले गत चार महिनामा करिब १४ अर्ब नोक्सानी व्यहोर्नु परेको बताइएको छ । जसको कारण भारतले मूल्य घटाएर पठाएपनि निगमले मूल्य नघटाउने भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतले कर घटाएर सर्वसाधरणलाई राहत दिएको थियो । तर, नेपालमा कर घटाइएको छैन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.