नेप्से १७०० विन्दु पार, महँगा सेयरमा बहार

काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचकले आज बुधबार दोहोरो अंकको उछालका साथ १७ सयको विन्दु पार गरेको छ।

आज नेप्से परिसूचक २८।८९ अंकको वृद्धिका साथ १७०७।६७ को विन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५।२३ अंकको बढोत्तरीका साथ ३३५।६२ को उचाइमा पुगेको छ।

नेप्सेले १७ सयको विन्दु पार गर्दा कारोबार रकम ४ अर्ब रुपैयाँ सम्पन्न भएको छ।

यतिबेला सेयर बजारमा हरियाली छाउनुमा अनलाइन कारोबार प्रणालीको व्यापक पहुँच, न्यून ब्याजदर र लगानीकर्ताको बलियो मनोबल नै प्रमुख कारणहरु रहेको बताइन्छ। बजार बढ्ने बलियो मानसिकता र सूचीकृत कम्पनीहरुका प्रथम त्रैमासको रिपोर्टले समेत सेयर कारोबार निरन्तर बढाइरहेको विश्लेषकहरु बताउँछन्।

पछिल्लो समय लगानीकर्ताले महँगा सेयरमूल्य भएका कम्पनीमा आकर्षण बढाइरहेका बेला एसटीसी, एनटीसी, सीआईटी, बीबीसी, एचडीएल, नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य निरन्तर उच्च मूल्यमा उकालो लागिरहेका छन्। बजार पूँजीकरण र सूचकमा समेत प्रभाव पार्न सक्ने एनटीसी, सीआईटीलगायतका सेयरमूल्यमा उछाल आएपछि यसको सकारात्मक प्रभाव बजार पूँजीकरण र सूचकको उल्लेख्य वृद्धिमा पर्न सकेको हो।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३३९।३२ अंकले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २००।२१ अंकले वृद्धि भएको आज बैंकिङ समूह १४।८८ अंक, व्यापार समूह १४९।८३ अंक, होटेल्स् समूह ४७।३५ अंक, विकास बैंक, २।९२ अंक, जलविद्युत् समूह ४।३९ अंक, अन्य समूह ४९।६८ अंक, लघुवित्त समूह ७।१४ अंक, जीवन बीमा समूह ७।०३ अंक र म्युचुअल फन्ड समूह ०।५५ अंकले बढेका छन्।

आज वित्त समूहमा २।८६ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६५१ कित्ता सेयर ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल टेलिकम ९एनटीसी० को सर्वाधिक २५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

हिमालयन डिस्टिलरीको १८ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको आज एनआईसी एसिया बैंकको १५ करोड ६५ लाख रुपैयाँ, नागरिक लगानी कोषको ९सीआईटी० को १५ करोड ४५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड १५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड १० लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १४ करोड ८० लाख रुपैयाँ, अपी पावरको १२ करोड १५ लाख रुपैयाँ, शिखर इन्योरेन्सको ११ करोड ५८ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको १० करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन साल्ट ट्रेडिङ ९एसटीसी० को सेयरमूल्यमा १० प्रतिशत र लक्ष्मी इक्विटी फन्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी, एनआईसी एसिया ग्रोथ फन्ड र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लगेको हो।

केही दिनदेखि एसटीसीमा निरन्तर सर्किट लागिरहेको छ। आजसमेत सो कम्पनीको सर्किट लागेका कारण यो साताको सुरुदेखि नै लगानीकर्ताहरु मालामाल बनिरहेका छन्।

यो कम्पनीले आव २०७५÷७६ बाट प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश पारित गर्न एजीएमको बुक क्लोज तोक्ने समय नजिकिएको र चालु आवमा कोभिड १९ का दौरानसमेत उल्लेख्य व्यापार गरेको हुनाले समेत उच्च लाभांशको पर्खाइमा लगानीकर्ताले यस कम्पनीप्रति आकर्षण देखाइरहेको देखिन्छ।

आज हिमालयन डिस्टिलरीको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन आईसीएफसी फाइनान्सको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.