पैसा धेरै भएपछि आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज पनि बैंक तथा वित्तीय संस्थाहरुबाट रकम खिच्ने भएको छ ।

राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन मौद्रिक उपकरण प्रयोग गर्दै बजारबाट ४० अर्ब रकम खिच्न लागेको हो । राष्ट्र बैंकले फागुन ११ गतेसम्मका लागि निक्षेप संकलन गर्न लागेको हो । यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.