बीवाईडीले ल्यायो विश्वकै पहिलो लामो विद्युतीय बस

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी बीवाईडीले सोमबार विश्वकै पहिलो लामो विद्युतीय बस सार्वजनिक गरेको छ । कम्पनीले २७ मिटर लामो उक्त विद्युतीय बस के१२ए सेन्जेनस्थित कम्पनीको मुख्यालयमा सार्वजनिक गरेको हो ।

यो गाडीको यात्रुभार २५० रहेको छ । कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार सो बस विश्वकै शुद्ध विद्युतीय बस हो । यो गाडी प्रतिघण्टा ७० किमि कुद्न सक्छ । कम्पनीले यो विश्वकै पहिलो लामो विद्युतीय बस भएको दाबी गरेको छ । यसमा फोर डब्ल्यूडी प्रणाली राखिएको छ । यो प्रणालीले सवारीको इन्धन खपतलाई पनि कम गर्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.