भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुहरू घण्टौँ कुर्न बाध्य

एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ ।  तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको छ । उडान प्रभावित हुँदा यात्रुहरू घण्टौँ कुर्न बाध्य भएका छन् । तराईका धेरै स्थानहरूमा हुस्सु–कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.