भूकम्पमा परी चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ घाइते

आज बिहान चीनको स्वायत्त क्षेत्र तिब्बतमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा परी ६२ जना घाइते भएका छन् ।

चिनिया सञ्चारमाध्यमहरूले भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड भएको उल्लेख गरेका छन् । तर, नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भूकम्पले प्रभावित क्षेत्रहरूमा घरहरू भत्किएको जनाएको छ । मानिसहरू भग्नावशेषभित्र च्यापिएको आशंकामा खोज तथा उद्धार कार्य तीव्र पारिएको त्यहाँको विपत् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सका अनुसार, भूकम्प गएको १५ मिनेटभित्र दमकलसहित ७५ जना तालिमप्राप्त उद्धारकर्मी भूकम्प प्रभावित क्षेत्रतिर अघि बढेका थिए ।

अहिले त्यहाँ उद्धारकार्य चलिरहेको छ । प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.