मंगलबार उपत्यकाका विभिन्न ठाउँमा बिहान ७ देखि ३ बजेसम्म बिजुली काटिने

 मंगलबार काठमाडौंका विभिन्न ठाउँमा बिहान ७ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ केभी स्विच-गियर प्यानल बदली गरी नयाँ जडान गर्नका लागि उक्त सबस्टेशनबाट वितरण भएका क्षेत्रहरुमा बिहान ३ घण्टा लाइन अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ।

कुलेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने स्वयम्भू, बलम्बु, कलंकी, थानकोट, कालिमाटी र ताहाचल फिडरमा मंगलबार बिहान ७ देखि १० बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुनेछ।

त्यस्तै, जोरपाटी वितरण केन्द्रअन्तर्गत पर्ने मुलपानी स्विचिङबाट संचालित साँखु फिडरको मुलपानी-ब्रह्मखेल सडक खण्डमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली काटिने भएको छ। विद्युतीय पोल सार्नुपर्ने भएकाले यस खण्डमा उक्त ४ घण्टा विद्युत अवरुद्ध हुने भएको हो।

उक्त दुवै वितरण केन्द्रका मर्मत कार्यहरु निर्धारित तालिकाअघि नै सम्पन्न भए तोकिएको समयभन्दा पहिल्यै लाइन सुचारु हुने पनि प्राधिकरणले जनाएको छ।

JGI
सम्बन्धित
Leave A Reply

Your email address will not be published.