मंसिरका लागि पनि बैंकहरूले घटाए ब्याजदर, कुन बैंकले कति घटाए ?

काठमाडौं । मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।

एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।

सार्वजनिक सूचनाअनुसार मंसिरका लागि पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्यले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको छ । ८ बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन् ।

स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् । ११ बैंकले भने घटाएका छन् । घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन् ।

बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर % 
कृषि विकास ५.७५ ५.५३
राष्ट्रिय वाणिज्य ५.८
नेपाल एसबीआई
लक्ष्मी सनराइज ५.५
ग्लोबल आईएमई ६.२५ ५.७५
कुमारी ६.०१ ५.७१
प्राइम कमर्सियल ५.७५
नेपाल ५.९५ ५.९५
सानिमा ६.१५ ६.१५
सिटिजन्स ५.७५ ५.६५
नबिल ६.२५ ५.७५
इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
सिद्धार्थ
स्टान्डर्ड चार्टर्ड ६.५ ६.२५
माछापुच्छ्रे
प्रभु ६.१ ६.१
एनएमबी ६.५ ५.५७
एनआईसी एसिया ६.९९ ६.७९
हिमालयन ६.२५ ६.२५
एभरेस्ट
सम्बन्धित
Leave A Reply

Your email address will not be published.