महानगरको विरुद्ध आन्दोलनमा उत्रिए फुटपाथ व्यापारी

राष्ट्रवादी स्वरोजगार व्यावसायी महासंघले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेको छ। शुक्रबार माइतीघरमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा महानगरलाई दिएको ज्ञापन पत्रको बेवास्ता गरेको हुनाले दोस्रो चरणको विरोधमा उत्रिनु परेको उनीहरूले बताए। उनीहरूले फुट्पाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर,श्रम गर्नेहरूको सम्मान गर,सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्यान्वयन गर जस्ता नारा लगाएका थिए।

प्रदर्शनकारीहरूले आज माइतीघरमा भेला भइ भद्रकाली, सुन्धारा हुँदै महानगरको कार्यालय अघि पुगी त्यहाँबाट त्रिपुरेश्वर हुँदै फेरि माइतीघर आएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.