महाभियोग सिफारिस समितिको बैठक भोलिसम्मका लागि स्थगित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे सुनुवाइ गर्न गठित महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजे फेरि बस्नेगरी स्थगित भएको छ ।

मंगलबार समितिको बैठकमा उपस्थिति भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयान दिएका थिए । समय अभावका कारण बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको सिफारिस समितिका सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबरालाई विभिन्न प्रश्न गरेका थिए । जबराले समितिका सदस्यहरुको प्रश्नको जवाफ दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.