म्याकडोनाल्ड र केएफसीलार्इ टक्कर दिने बाबा रामदेवको तयारी, खुल्ने भो पतन्जली रेष्टुरेन्ट

आर्थिक समाचार

नयाँ दिल्ली।

फास्ट मुभिङ कन्ज्यूमर गुड्सको क्षेत्रमा पतन्जलीका उत्पादनहरु छाइरहेका बेला बाबा रामदेवले केएफसी तथा म्याकडोनाल्डस् जस्ता फास्टफूड चेनलार्इ टक्कर दिने तयारी गरिरहेका छन्।
शाकाहारप्रति बढ्दै गैरहेको ग्लोबल ट्रेन्डलार्इ बुझेका रामदेवले भारतमा क्विक सर्विस रेष्टुरेन्ट लन्च गर्ने तयारी गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। यी रेष्टुरेन्टबाट उनले चारसय भन्दा धेरै भेज रेसिपी अफर गर्नेछन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा बाबा रामदेवले पतन्जली मार्फत भारतीय शाकाहारी भोजनले मल्टिनेशनल्ससँग प्रतिष्पर्धा गर्ने बताए। आफूले विदेश भ्रमण गर्दा भेज खानाको बजार एकदम राम्रो भएको पाएकाले यसबाट राम्रो फाइदा हुने देखेको रामदेवको भनाइ छ।

लाइन लागेर पनि भेज खाना किनेर खानेहरु भेटेकोले अन्तराष्ट्रिय बजारमा यसको राम्रो भविष्य रहेको पनि बाबा रामदेवले बताए। पतन्जलीले पहिले भारतमा र बिस्तारै अन्तराष्ट्रिय बजारमा भेज रेष्टुरेन्ट खोल्ने योजना बनाएको छ।

हाल भारतीय रेष्टुरेन्टहरुमा ६०\७० प्रतिशत फास्टफुड भेज हुने गरेको छ जसमा पिज्जा र बर्गर पनि छन्। भारतमा सबै क्विक सर्विस रेष्टुरेन्टहरुमा भेज खानेकुरा पाइन्छ। भारतीय खानेकुराहरुबाटै अन्तराष्ट्रिय रेष्टुरेन्टसँग प्रतिष्पर्धा गर्ने बाबा रामदेवले बताए।यसकासाथै पतन्जलीले जिन्स तथा स्पोर्ट्सवेयर समेत बनाउने भएको छ।
पतन्जली कम्पनीका सिइओ बालकृष्णका अनुसार आगामी बर्ष पतन्जली एफएमसिजीको सबैभन्दा ठूलो कम्पनी बन्नेछ। कम्पनीले आगामी वर्ष आम्दानी पनि दुर्इगुना बढाउने लक्ष्य राखेको पनि सिइओ बालकृष्णले बताए।

पतन्जलीले सन् २०१६\१७ मा दशहजार करोड भारु भन्दा धेरै नाफा कमाएको थियो। कम्पनीको धेरैजसो उत्पादनहरुले राम्रो बजार बनाएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.