यी हुन् विश्वकै महंगा १० शहर

काठमाडौ ।

काठमाडौ । एंगोलाको राजधानी लुआन्डा विश्वकै महंगो सहरको सूचीमा परेको छ । विगत पाँचवर्ष देखि महंगो सहरको सूचीमा पहिलो रहदै आएको हङकङलाई दोस्रोमा धकेल्दै लुआन्डा पहिलोमा परेको हो ।

एड्भाइजरी फर्म मर्ससले सञ्चालन गरेको २३ औं वार्षिक जीविकोपार्जन सर्भेले यस्तो देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

दोस्रो नम्बरमा हङकङ, तेस्रोमा जापानको टोकियो, चौथोमा स्विजरल्यान्डको जुरिच तथा पाँचौमा सिंगापुर परेका छन् । भने छैटौंदेखि दसौं स्थानसम्म क्रमशः दक्षिण कोरियाको सोल, स्विजरल्यान्डकै जेनेभा, चीनको सांघाई, अमेरिककाको न्युयोर्क र बर्न शहर परेका छन् ।

 

 

मर्ससले प्रत्येक वर्ष विश्वका महंगा २ सय सहरको सूची सावर्जनिक गर्दै आएको छ । सामान्य रुपमा हेर्ने हो भने एसिया र युरोपका सहरहरु सर्वाधिक महँगा देखिएका छन् ।
स्थान वर्गीकरणमा बेलायतको राजधानी लन्डन ३० औं स्थानमा ओर्लिएको छ ।

पाउन्डमा आएको अवमूल्यनका कारण बेलायतका अन्य ठूला सहरसँगै लन्डन पनि ओरालो लागेको हो ।

‘पाउन्डको अवमूल्यनसँगै यो वर्ष बेलायती सहरहरु ओरालो लागेका छन् । ईयू जनमत–संग्रहले यसमा थप टेवा पु¥याएको छ,’ मर्सरका केट फिजप्याट्रिकले भनिन, ‘यद्यपि धेरैको अपेक्षाअनुरुप लन्डन धेरै ओरालो भने लागेको छैन । उच्च मूल्यका कारण विश्वव्यापी रुपमा प्रवासीका लागि लन्डन अझै महँगो सहर सावित हुँदै आएको छ ।’

उनका अनुसार लन्डनमा भाडाको लागत अझै विश्वव्यापी रुपमा उच्च र स्थिर रहँदै आएको छ । मागअनुसारको निर्माण हुन नसक्दा यो अझै पनि गत वर्षको तुलनामा सानो अन्तरले भए पनि उकालो लागेको छ ।

लन्डनपछि बेलायतकै महँगो सहरमा अबेरडिन १ सय ४६ औं, बकिङघम १ सय ४७ औं, ग्ल्यासगो १ सय ६१ औ र बेलफास्ट १७० औं स्थानमा परेका छन् ।
मर्ससको वार्षिक सर्भेले भाडा, अपार्टमेन्ट वा घरबाहेक अन्य क्षेत्रको लागतलाई पनि समावेश गरेको छ । यसमा हाउजिङ, यातायात, लत्ताकपडा, खाद्यान्न र मनोरन्जनलगायत २ सय वस्तुलाई समावेश गरिएको छ ।

मर्ससको सर्भेले सिनेमाको टिकट, एक जोडी जिन्स, एक लिटर पानी, एक कप कफी, एक लिटर पेट्रोल, एक लिटर दूध र पाउरोटी र बियरको मूल्यको पनि तुलना गरेको छ । विगतका केही वर्षहरुमा लगातार लुआन्डा महँगो सहर सावित हुँदै आएको छ ।

प्रवासी कर्मचारीका लागि सुरक्षित आवासका साथसाथै दैनिक आवश्यकीय वस्तुको महँगाइका कारण लुआन्डा सर्वाधिक महँगो सहर सावित भएको हो । लुआन्डामा अन्तर्राष्ट्रिय स्तरको नसजाइएको ३ शयन कक्ष भएको घरका लागि मासिक १३ हजार डलर पर्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.