विषयगत समितिको निर्वाचन २३ गते हुने

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ ।

राष्ट्रिय सभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.