शेयरबजार लगातार ओरालो लाग्यो, बुधबार १५८६ अंकमा सिमित

काठमाडौँ ।

लगातर चारदिन घटेर मंगलबार बढेको बजार बुधबार फेरि घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ०.६६ अंकले घटेर १५८६.५० अंकमा ओर्लिएको हो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.०६ अंकले घटेर ३३६.३० अंकमा  ओर्लिएको छ  ।


प्रिमो सेक्युरिटीजका अध्यक्ष मेगनाथ पौडेलका अनुसार बजार घटेपनि लगानकर्ताको मनोबल उच्च नै रहेको छ। गत चैत महिनामा लगभग ३०० अंक बजार बढ्यो त्यतिबेला लगानी कर्ताले कमाउने अवसर प्राप्त गरे तर जसरी बजार बढ्यो त्यसैगरी नघटेकाले अहिलेसम्म पनि लगानीकर्ताहरुको मनोबल नगिरेको पौडेलको भनाइ छ। उनी भन्छन्- ‘यो गिरावटलार्इ खासै समस्या मान्नु पर्दैन।’

आज १४८ कम्पनीका नौ लाख ४८ हजार कित्ता शेयर ५८ करोड रुपैयाँमा खरिद बिक्री भयो । आज सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर खरिद बिक्री भयो। बैंकको पाँच करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । कारोबार रकमकै आधारमा एभरेष्ट इन्स्योरेन्स दोस्रो भएको छ । एभरेष्ट इन्स्योरेन्सको चार करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो ।

आज आठ समूहको कारोबार भएको छ । कारोबारमा आएका पाँच समूहको मूल्यमा गिरावट आएको छ भने तीन उपसूचक बढेको छ । बैंकिङ १.१७, जलबिद्युत ८.०३, बीमा १९.१७ अंकले बढेको छ । होटल २९.०७, विकास बैंक ३.०६, फाइनान्स २.४४, उत्पादनमूलक ३४.३४ र अन्य ५.७९ अंकले घटेको छ ।

आज सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ एंड फाइनान्सका शेयरधनीले करिब आठ प्रतिशत  कमाएका छन् ।  यस्तै कन्काई विकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन् ।

Leave A Reply

Your email address will not be published.