सर्बसाधारणलाई पिपुल्स हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुल्ला

पिपुल्स हाइड्रोपावर लिमिटेडले आज कार्तिक २५ गते देखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गरेको हो  । यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश छ  ।

५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै कुल निष्काशनको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले कार्तिक २९ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई  ३२ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको छ  ।

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.