सुनको भाउ लगातार बढ्दै, चाँदीमा पनि उस्तै

सुनको भाउ उकालो लाग्ने क्रमले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ।
लगातार बढिरहेको सुनको भाउमा आज पनि तोलामा ५०० रुपैयाँले उकालो लागेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढोत्तरी भएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

त्यसो त गत साताभरि सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँ बढेको थियो।

आज चाँदीको भाउ पनि तोलामै २० रुपैयाँ बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामै ४५ रुपैयाँ बढेर चाँदीको भाउ १ हजार २५५ रुपैयाँ कायम भएको थियो।

गत साताभरि चाँदीको भाउ तोलामा ७५ रुपैयाँले बढोत्तरी भएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.