सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ७०० बढ्यो

नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर रेकर्ड कायम गरेको यो चौथो दिन हो । यो दिन सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाला सुनको भाउ प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ थियो ।

यो दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँ थियो ।

यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य ०.०४ प्रतिशतले बढेर प्रतिऔंस २ हजार ६५९.३ डलर कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.