सुनको मूल्य एकैदिन तोलामा २३०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार  नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार सुन तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ९१५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.