सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.