सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदी घट्यो

नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य स्थिर रहेर सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.