सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।

अघिल्लो दिन बुधबार ४५.८८ अंकले बढेको परिसूचक आज ३५.२२ अंकले घटेर २६८०.४९ विन्दुमा अडिएको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । आज ६ अर्बमाथिको कारोबार भएको छ ।  बुधबार ५ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो ।

यसदिन ३०४ स्क्रिप्सको १ करोड २२ लाख ५९ हजार ९९२ कित्ता सेयर ६ अर्ब ५७ करोड ९ लाख ६२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।

आज जानकी फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो । कारोबार रकमका  आधारमा जानकी फाइनान्स शीर्ष  स्थानमा रह्यो । सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो । कारोबारमा आएकामध्ये ४० कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो ।

उत्पादन सेक्टर ०.३८ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १.१८, जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशत घटे ।

त्रिशुली जलविद्युत्को मूल्य ८.५ प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको ७.५, कुथेली बुखरी स्मल हाइड्रोपावरको ६.६, भूगोल इनर्जीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।

जानाकी फाइनान्सको १०, इङवा हाइड्रोपावरको ६.४, इमर्जीङ नेपालको ६.२ तथा जोशी हाइड्रोपावरको मूल्य ५.४ प्रतिशत घट्यो । कारोबार रमका आधारमा जानाकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, जोशी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र युनाइटेड इदी मर्दी क्रमशः अगाडि रहे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.