सेयर बजार बुझेर लगानी गर्न अर्थमन्त्रीको सुझाव

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी गर्दा बुझेर मात्र लगानी गर्ने सुझाव दिएका छन ।
लगानीकर्ताले जोखिम लिन नसक्ने भए म्युचुअल फण्डमा लगानी गर्ने विकल्प दिँदै खतिवडाले सेयर बजारमा लगानी गर्दा अरुले जे गर्छ त्यही गर्ने भेडा मनोविज्ञान लिएर लगानी नगर्न सुझाएका हुन ।
धितोपत्र बजारमा लगानी गर्दा जोखिम वहन क्षमताका आधारमा नाफा र नोक्सानको भागेदारी बेहोर्नुपर्ने मन्त्री खतिवडाले बताए । अरुको भरमा लगानी नगर्न आग्रह गर्दे मन्त्री खतिवडाले भने, भेडा प्रवृत्तिमा लगानी नगर्नुस् । बजारमा घाटा भयो भनेर सरकारलाई धारे हात नलगाउनु भन्दै उनले भने, “सरकारसँग नोक्सानका बेला मात्र दोष किन दिन हुन्छ ? तपाईको सेयरको मूल्य तोक्ने काम सरकारको हैन ।

अर्थमन्त्री खतिवडाले धितोपत्र बजार प्रदर्शनीको उद्घाटन गर्दै एक करोड पुँजी भएको लघुवित्त धितोपत्र बजारमा आउने तर ५० अर्ब नाफा कमाउने कम्पनी धितोपत्र बजारबाहिर हुने अवस्था अब नहुने बताए । धितोपत्र बजारको विकासका लागि पुँजी बजारबाहिर रहेका ठूला कम्पनीहरू आउन बाध्य पार्ने उनले बताए । कुनै एक क्षेत्रमा मात्र लगानी गरेर जोखिम न्यूनीकरण हुँदैन, उनले भने, “लगानीकर्ताले पनि जोखिम न्यूनीकरण गर्न सरकारको तर्फबाट त्यस्ता संस्थाहरूलाई पुँजी बजारको दायरामा ल्याउने हो ।” नीजि क्षेत्रका कम्पनीलाइ सार्वजनीक कम्पनीको रुपमा स्थापना गर्न पहल गर्ने बताउदै खतिवडाले भने,भएन भने बाध्य पार्छौं । मन्त्री खतिवडाले बैंक, बीमा तथा फाइनान्स र लघुवित्त संस्था मात्र धेरै सूचीकरण भएको भन्दै रियल क्षत्रलाई अनिवार्य रुपमा बजार प्रवेश गराई लगानीकर्ता र बजारको आकार बढाउनु पर्ने बताए । उत्पादनमूलक, अन्य व्यवसायसँग सम्बन्धित, सेवामुखी संस्थाहरू बजारमा किन आएका छैनन् भन्ने खेज्नु पर्ने सुझाव दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.