ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो प्रतितोला ?

नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला दुई हजार ३ सय रुपैयाँले ओरालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० ले ओरालो लागेर ९३ हजार कायम भएको    हो । यस्तै आजका लागि तेजाबी सुन प्रतितोला ९२ हजार ५०० तोकिएको छ । यसअघि शुक्रबार प्रतितोला ९४ हजार ८ रय रुपैयाँमा कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज दुई हजार ३०० ले नै ओरालो लागेको हो । 

यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार एक हजार ३३० रुपैयाँमा कारोवार भएको थियो । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.