सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।
तोकिएको जिम्मेवारी पूरा नगर्ने यी कम्पनीलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसको आधारमा आधारमा कालोसूचीमा राख्न लागिएको सूचना कार्यालयले प्रकाशित गरेको हो । कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ ।
यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको सूचनामा उल्लेख छ । तर, सो अवधिमा कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो ।
तोकिएको समय स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राखिने कार्यालयले बताएको छ ।