नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ । सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ । सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको ।