३ दिनको गिरावटपछि नेप्सेमा २४ अंकको सुधार, कारोबार बढ्दा विकास बैंकमा आकर्षण

सेयर बजारमा २४ अंकको सुधार आएको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अंकले बढेर २६५७.७७ बिन्दुमा पुगेको छ।

यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार घटेको दियो। अघिल्लो कारोबार दिन सोमबार नेप्से १०.५६ अंकले, आइतबार १०.४१ अंकले र गत साताको अन्तिम कारोबार बिहीबार ११.१० अंकले घटेको थियो। त्यसअघिका चार कारोबार दिन भने नेप्से लगातार बढेको थियो।

मंगलबार कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ९ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन सोमबार भने ८ अर्ब ८२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएकामध्ये १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

मंगलबार उपकार लघुवित्त वित्तीय संस्था, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

मंगलबार बैंकिङ समूहमा ०.२२ प्रतिशत, विकास बैंक समूहमा ४.०७ प्रतिशत, फाइनान्स समूहमा १.८८ प्रतिशत, होटल तथा पर्यटन समूहमा ०.६८ प्रतिशत, जलविद्युत् समूहमा १.४९ प्रतिशत र लगानी समूहमा १.०३ प्रतिशतको वृद्धि भएको छ।

यस्तै, जीवन बिमा समूहमा ०.०८ प्रतिशत, उत्पादन समूहमा १.२३ प्रतिशत, लघुवित्त समूहमा ०.४८ प्रतिशत र निर्जीवन बिमा समूहमा ०.२८ प्रतिशतको सुधार भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.