४ हजार जना विदेश जाँदा एक जनाले पनि फ्रि भिसा र टिकट पाएनन्

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको एक टोली कामदारको अवस्था बुझ्न भन्दै चैत ५ गते खाडीका मुलुकहरुमा गयो। साउदी अरव, कुवेत, कतार, युएइलगायतका देशका ४ हजारभन्दा बढी नेपाली कामदारहरुसँग उनीहरुले भेटघाट गरे।
४ हजार मध्ये एक जनाले पनि आफू फ्रि भिसा र टिकटमा नआएको बताए। म्यानपावर  र एजेन्टलाई ४० हजारदेखि डेढलाखसम्म बुझाएर आफूहरु विदेश आएको बताए। समितिका सभापति प्रभु शाहले पनि ४ हजार जनासँग कुराकानी गर्दा कोही पनि फ्रि भिसा र टिकटमा विदेश नगएको भेटिएको बताए।
सभापति साहले भने – “निःशुल्क टिकट र प्रवेशाज्ञा कागजमा मात्रै सीमित रहेको देखियो, यसबारे पनि कडाइपूर्वक अध्ययन हुन जरुरी छ ।  समितिका सभापति साहको नेतृत्वको टोलीमा सांसदहरु विनोद श्रेष्ठ, प्रेमकिशोर प्रसाद साह, अशोककुमार मण्डल, राज्यलक्ष्मी श्रेष्ठ, राधादेवी तिमिल्सेनासहित नौ सदस्यीय छन् ।
टोलीले ती मुलुकका सरकारी अधिकारी, नेपाली नियोगका अधिकारी, नेपाली कार्यरत कम्पनी, नेपाली सङ्घ सङ्गठन र कामदारसँग छलफल गरेको जनाएको छ ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.