६५ हजार नतिरेपछि कांग्रेस संसदीय दलको कार्यालयमा बत्तीको लाइन काटियो

विद्युतको बिल नतिरेपछि प्राधिकरणले नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन काटिदिएको छ।

संघीय संसद् सचिवालयले बत्तीको पैसा नतिरेको भन्दै आज बिहानै कांग्रेस संसदीय दलको कार्यकालको बत्तीको लाइन काटिएको हो। तीन महिनासम्म पैसा नतिरेपछि नेपाल विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काट्छ।

संसद् सचिवालयबाट प्राप्त जानकारीअनुसार प्राधिकरणलाई झण्डै ६५ हजार रुपैयाँ तिर्न बाँकी छ। संसद् सचिवालयले पैसा तिर्नका लागि चेक काटिएको जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.