अबको १० दिनमा ६ संस्थाको हकप्रद सेयर आउँदै,जान्नुहोस्

काठमाडौ।

असारको अब बाँकी १० दिनको बीचमा ६ संस्थाले हकप्रद सेयर जारी गर्दैछन् । असार २५ गते आइतवार अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा र रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । अल्पाइन डेभलपमेन्ट बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड र रिलायबलको सिभिल क्यापिटल लिमिटेड रहेको छ । यता हिमालयन जनरल इन्स्योरेन्सले असार २८ गतेबाट १ बराबर १.६६६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स, कञ्चन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका असार ३० गतेबाट हकप्रद सेयर बिक्री खुला हुने भएको छ । लुम्बिनीले १ बराबर १ अनुपातमा, सप्तकोशीले १ बराबर १.३ अनुपातमा र कञ्चनले १० बराबर ३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको ग्लोबल आइएमइ क्यापिटल र सप्तकोशी डेभलपमेन्ट बैंकको एनएमबी क्यापिटल रहेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.