अबको २ वर्षभित्र मनकामना केबलकार नयाँ प्रविधिका साथ सञ्चालन हुने, यस्ता छन् ३ चरणका काम

काठमाण्डौ । अबको दुई वर्षभित्र मनकामना केबलकार नयाँ प्रविधिका साथ सञ्चालनमा ल्याइने भएको छ।

मनकामना दर्शन प्रालिले बिहीबार एक सूचना जारी गर्दै अबको २ वर्षभित्र अर्थात मनकामना केबलकार सेवा सुरु भएको २५ औँ वार्षिकोत्सवमा नयाँ प्रविधिबाट सञ्चालनमा ल्याइने जानकारी गराएको हो। 

यसका लागि कम्पनीले तीन चरणको लक्ष्य निर्धारण गरेको छ। जसअनुसार पहिलो चरणमा तत्काल अतिआवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने कम्पनीले जनाएको छ।

त्यस्तै दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तया र केही अन्य थप पार्टपुर्जाहरु फेरिने पनि कम्पनीले जनाएको छ। अन्तिम चरणमा भने हाल एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबल लट्ठा (मेन केबल) फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी हाल विद्यमान प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ। 

यी तीन चरणका कार्य पूरा गरी अब २५ औँ वार्षिकोत्सवमा नयाँ प्रविधिबाट केबलकार सञ्चालन गरिने कम्पनीले जनाएको छ। यी कार्य गर्दा नियमित मर्मतसम्भारका साथै पटकपटक सेवा अवरुद्ध हुने पनि कम्पनीले स्पष्ट पारेको छ। त्यसबाहेक केबलकार यथावत रुपमा सञ्चालन हुने बताइएको छ। 

मनकामना केबलकारको २०५५ साल मंसिर ८ गतेबाट सञ्चालनमा आएको थियो। यसै वर्ष मंसिर यो केबलकार सञ्चालनमा आएको २३ वर्ष पूरा भइसकेको छ। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.