अब पेट्रोल पम्प भाडा दिए कारबाही हुने, आफैँले चलाउनुपर्ने

तपाइँले आफ्नो पेट्रोल पम्प भाडामा दिनुभएको छ यदि छ भने अब आफैँ चलाउनुहोस् होइन भने कारबाहीमा पर्नुहोला।

बजारमा पम्प सञ्चालन अनुमति लिएर जथाभावी भाडामा दिने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल आयल निगमले यस्तो कदम अगाडि बढाउन लागेको हो। निगमले बिहीबार एक सूचना जारी गर्दै बिक्रेता अब आफ्नो पम्प भाडामा लगाउन नपाउने अन्तिम चेतावनी दिएको हो।

‘पेट्रालियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड)’ मा व्यवस्था भएअनुसार निगमले जथाभाव पम्प भाडामा नलगाउन चेतावनी दिएको हो। उक्त विनियमावलीमा कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति (सप्लाई) बन्द गर्न सक्ने प्रावधान रहेको छ।

यसअघि पनि पटकपटक आफ्नो पम्प भाडामा नदिई विनियमावलीबमोजिम आफैं सञ्चालन गर्न पत्रमार्फत सरोकारवालालाई जानकारी गराइएको पनि निगमले स्पष्ट पारेको छ। अब यदि कसैले पम्प भाडामा लिएको वा दिएको पाइएमा विनियमावलीअनुसार कारबाही हुने निगमले स्पष्ट पारेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.